धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साम्पाङ गठबन्धन भन्दा ३ हजार ९२ मतले अगाडि

 जेठ ७, २०७९ शनिबार १७:११:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ ३ हजार ९२ मतले अघि हुनुहुन्छ । 

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १५ हजार ९६६ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ८७४ मत प्राप्त गर्नुभएकाे छ ।  नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार १० सय ४५२ मत प्राप्त गर्नुभएकाे छ ।  

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १५ हजार ७६९ मत प्राप्त गरी अग्रता बनाइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले १४ हजार २५२ मतसहित पछ्यारहनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया