कैलालीमा बिदाकाे दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

 जेठ ७, २०७९ शनिबार १८:३:४९ | रासस
unn.prixa.net

कैलाली – कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।

“कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले भन्नुभयो, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।” 

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताउनुभयो । प्रजिअ थापाले भन्नुभयो, “बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।” 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया