युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ ।
अहिलेसम्म ५६ हजार २ सय २६ मत गन्दा हमालले ११ हजार ७५८ मतकाे अग्रता बनाउनुभएकाे छ । हमालले २४ हजार ५२९ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहनुभएकाे छ । वडले १२ हजार ७७१ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मत पाउनुभएकाे छ । उहाँलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले पछ्याइरहनुभएकाे छ । अधिकारीले ११ हजार ५८९ मत प्राप्त गर्नुभएकाे छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।