सिरहामा बाबु र छाेराकाे हत्या

 जेठ ८, २०७९ आइतबार १६:२७:१८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – सिरहाको अर्नमा गाउँपालिकामा हिजो शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । 

सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै १२ बजेतिर सुतेपछि दुवैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार राति १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख ३ बजेतिर हत्याको घटना गाउँभरि फैलिसकेको हुनाले साढे २ बजेको आसपासमा त्यो घटना भएको हुनसक्छ  । 

घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया