झापाको गौरादह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ९, २०७९ सोमबार १२:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापाको गौरादह नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ । 

१२ हजार ८ सय ४९ मत प्राप्त गर्दै मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित कुमार साहलाई पराजित गर्नुभयो। साहले ११ हजार ४ सय ४८ मत प्राप्त गर्नुभयो । शाह यसअघि यही नगरको नगर मेयर पदमा निर्वाचित हुनुहुन्थ्यो । 

उपमेयरमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी हुनुभएको छ । राजवंशीले ११ हजार ९ सय १४ मत प्राप्त गर्नुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गर्नुभयो । ढकालले १० हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ । 

गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया