पोखरा मेयरमा एकीकृत समाजवादी ४ हजार ४ सय ३६ र उपमेयरमा एमाले ४ हजार २० मतले अगाडि

 जेठ ९, २०७९ सोमबार १९:५१:५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै छ ।

आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा चार हजार चार सय ३६ मतले अगाडि हुनुहुन्छ । अहिलेसम्म एक लाख ३० हजार सात सय २७ मतगणना हुँदा आचार्यले ५२ हजार नाै सय ७२ मत प्राप्त गर्नुभएकाे छ भने थापाले ४८ हजार पाँच सय ३६ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले पाँच हजार चार सय ६२ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले दुई हजार नाै सय १९ मत प्राप्त गर्नुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५५ हजार पाँच सय चार मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५१ हजार चार सय ८२ मत पाउनुभएकाे छ । गुरुङ रानाभाट भन्दा चार हजार २२ मतले अघि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया