झापाकाे मेचीनगरकाे मेयर र उपमेयरमा एमाले विजयी

 जेठ १०, २०७९ मंगलबार १०:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - मेचीनगर नगरपालिकाको मेयरमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४ सय ७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी  उपमेयर पदमा एमालेकै मीना उप्रेती २१ हजार ५ सय ९० मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको थियो ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये  सात पालिकामा एमाले मेयर/अध्यक्ष पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया