वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम निर्वाचित

 जेठ १०, २०७९ मंगलबार ११:२०:४२ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित हुनुभएकाे छ । सिंहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गर्नुभएकाे हाे । 

सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्नुभएकाे छ भने वीरगञ्ज महानगरका निवर्तमान मेयर विजय सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याउनु भएकाे छ । 

उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउँदा उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी चबना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९ सय ९ मत पाउनु भएकाे छ । 

वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र दुई वटामा लोसपाले जितेको छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया