पोखरा महानगर-१८ मा ९ मत नपुगेकाे भन्दै पुनः मतगणना गर्न एमालेको माग

 जेठ १०, २०७९ मंगलबार १२:२८:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुन: मतगणनाको माग गरेको छ ।

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गर्नुभएकाे हाे ।

न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनु भएकाे छ । यस वडामा एमालेका उम्मेदवार तीन मतले पराजित हुनुभएकाे थियाे ।

एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६ सय ४३ मत प्राप्त गर्नुभएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया