नेपालीहरुकाे श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स

 जेठ ११, २०७९ बुधबार १०:३१:५० | एजेन्सी
unn.prixa.net

मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको हाे ।

पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यूएईका स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएका छन् । यस्तै मंकीपक्सबारे सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि  यूएई सरकारले त्यहाँका नागरिकलाई आग्रह गरेको छ ।

मङ्कीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जङ्गलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो । प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ । ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवम् मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो सङ्क्रमण हुनसक्छ । यो सङ्क्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको अहिलेसम्मको अध्ययनले देखाएको छ ।

 


अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया