राहदानी विभाग आइतबार पनि खुल्ने

 जेठ १२, २०७९ बिहिबार १०:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ ।

विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । 

सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ ।

यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म विभाग खुल्ने सूचना जारी गरेको छ । यो समयमा राहदानीको लागि आवेदन दिएकाहरुले विभागमा गएर राहदानी सम्बन्धी सेवा लिन सक्नेछन् ।

यस्तै विभागले, प्रिइनरोलमेन्ट पोर्टल तथा प्रणालीमा देखिएका प्राविधिक समस्याहरूको समाधान हुने गरी सफ्टवेयरमा मेजर अपडेटसमेत गरेको छ । यो अपडेट पश्चात् यसअघि प्रिइनरोलमेन्टमा देखिएका धेरैजसो समस्या समाधान हुने विभागले जनाएको छ । प्रिइनरोलमेन्टको क्रममा केही समस्या भएमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया