कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

 जेठ १२, २०७९ बिहिबार १८:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । 

शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ ।

परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहान ८ बजे, ९ बजेर ३० मिनेट र १२ बजे तोकिएको छ ।

सबै परीक्षार्थीको बायोमेट्रिक रजिस्टर भने ईपीएस कोरिया शाखा नजिकै रहेको म्युजिक सिटी हलमा हुने शाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया