भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु

 जेठ १२, २०७९ बिहिबार २०:१७:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – भक्तपुर नगरपालिकामा आज बिहीवारदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेमा रहेकाे खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो । 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो ।

पानी वितरण कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र चुनावमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको स्मरण गराउनुभयो ।

केयूकेएल भक्तपुर शाखाका प्रमुख श्रेष्ठले भक्तपुरवासीलाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकामा गौरवान्वित महसुस भएको बताउँदै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरवासी निकै खुसी देखिएका छन् । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयवासीले मेलम्चीको पानी वितरण भएसँगै मेयर प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीकाे माग छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया