दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयाे

 जेठ १३, २०७९ शुक्रबार ९:११:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।

दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेकाे ट्रकले माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । 

पुनकाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले  बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया