पोखराका मेयरले रोपेको फूल चोरी

 जेठ १५, २०७९ आइतबार १४:२२:४४ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गर्दा राेप्नुभएकाे फूल चाेरी भएकाे छ । मेयर आचार्यले पोखरा ७ नुवारथोकमा रोप्नुभएकाे फूल शनिवार राति चोरी भएको हो । 

मेयरले राेप्नुभएकाे सहित अन्य फूलहरू पनि चोरी भएको स्थानीयवासीले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटरदेखि ७ र ६ को हलनचोकसम्मको डिभाइडरमा पदबहाली ग्रहण अगाडि मेयरसहित अन्य जनप्रतिनिधिले फूल रोपेका थिए । तीमध्ये केही फूल शुक्रवार राति चोरी भएको थियो भने केही फूल शनिवार राति चोरी भएको हाे । 

फूल चोरी भएपछि नगरवासीले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निवर्तमान अध्यक्ष विष्णुहरि अधिकारीले लेख्नुभएकाे छ, ‘सौन्दर्यताको जगेर्ना गर्ने दायित्व जनताको पनि हैन र ?’

अन्तिम अपडेट: चैत १४, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया