वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने

 जेठ १५, २०७९ आइतबार १६:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा युवा उद्यमी तथा वैदेशिक राेजगारीबाट फर्केका व्यवसायीलाई सहज ऋणकाे व्यवस्था गरेकाे छ । 

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई च्यालेन्ज फन्ड स्थापना गरि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताउनुभएको छ । यस्तै, युवा उद्यमशीलता स्टार्टप सुरु गर्ने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयाे । नव प्रबर्द्धन गर्न सुरुवाती पुँजीको लागि ऋण प्रदान गरिने र यसको लागि २६ करोड विनियोजन गरिने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया