वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न विभागले गठन गर्‍याे शीघ्र प्रत्यूत्तर टोली

 जेठ २०, २०७९ शुक्रबार ११:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न बाहना र प्रलोभनमा भइरहेको वैदेशिक रोजगार ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले शीघ्र प्रत्यूत्तर टोली (आरआरटी) गठन गरेको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र नलिई कुनै व्यक्ति वा संस्थाले ठगी गरेको पाइएमा त्यस उपर तत्काल कानुनी कारबाही अघि बढाउन आरआरटी गठन गरेको विभागले जनाएको छ । 


टोली गठन गरेपछि विभागले वैदेशिक रोजगारीको इजाजत नलिई कुनै व्यक्ति, समूह वा संस्थाले वैदेशिक रोजगारीमा पठाई दिने भनि आश्वासन दिई प्रलोभनमा पारिरहेको, रकम असुल गरेको, विदेशमा लगि अलपत्र पारेको वा श्रम स्वीकृति नलिई भिजिट भिसा लगायतका अन्य भिसामा वैदेशिक रोजगारीमा पठाएमा टोलीलाई खबर गर्न विभागले अनुरोधसमेत गरेको छ ।

यस्ता सूचना लिनका लागि विभागले टोलीको इमेल ठेगाना र मोवाइल नम्बरसमेत छुट्टै व्यवस्था गरेको छ । कसैले यस्ता प्रलोभन देखाएर ठगी गर्न खोजेमा वा यस्ता ठगी बारे कुनै जानकारी भएमा [email protected] वा [email protected] मा इमेल तथा ९८५१३३४१०७ नम्बरमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्ने पनि विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया