२४ घण्टामा २६ जनामा काेराेना पुष्टि

 जेठ २०, २०७९ शुक्रबार १८:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ११ जना रहेको छ । 

यही अवधिमा ८२ हजार चार सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: भदौ ६, २०८०

तपाईको प्रतिक्रिया