मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण गराउन विभागको निर्देशन

 जेठ २२, २०७९ आइतबार १०:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ ।

छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नियम अनुसार अन्तर्वार्तापछि श्रमिकको छनौट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो । 

छनौट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने श्रमिकको हकमा भने पूर्व स्वीकृति वा माग पत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराउने गरेको भन्दै विभागले यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो ।

कुनै पनि म्यानपावर कम्पनी वा स्वास्थ्य संस्थाहरूले श्रमिकको छनौट सूची तयार हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएमा कडा कारबाही गर्ने भन्दै विभागले चेतावनीसमेत दिएको छ । 

वैदेशिक रोजगार नियमावली अनुसार सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था रहेको छ भने म्यानपावर कम्पनीहरूले पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पूर्व स्वीकृति लिई नियम अनुसार विज्ञापन प्रकाशन र अन्तर्वार्ताको प्रक्रिया पछि मात्र श्रमिकको सूची छनौट गर्नु पर्ने हुन्छ ।

तर मलेसिया जाने कामदारको हकमा भने म्यानपावर कम्पनीहरूले यी प्रक्रिया पूरा नै नगरी श्रमिकको स्वास्थ्य परीक्षण गरेको पाइएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया