तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ कराेड लगानी स्वीकृत

 जेठ २३, २०७९ सोमबार २०:५३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बाेर्डले दुई वटा जलविद्युत् परियाेजनाकाे निर्माण तथा विकास गर्न २५ अर्ब ९२ कराेड रुपैयाँकाे लगानी स्वीकृत गरेकाे छ । 

आज साेमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेकाे बोर्ड बैठकले सय मेगावाटको तामाकोसी 'भी' र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ कराेड रुपैयाँ स्वीकृत गरेकाे हाे । दाेलखामा रहेकाे तामाकाेसीका लागि १६ अर्ब ४५ कराेड ९८ लाख र म्याग्दीमा रहेकाे राहुघाटका लागि नाै अर्ब ४७ कराेड ३० लाख रुपैयाँ लगानी स्वीकृत भएकाे हाे । 

यस्तै बैठकले सात सय ५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउनेबारेमा छलफल गरेकाे लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया