सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने सरकारको प्रतिबद्धता

 जेठ २५, २०७९ बुधबार ७:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताउनुभएको छ ।

स्वीट्जरल्यान्डकाे जेनेभामा चलिरहेको १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको समेत बताउनुभएको छ ।

कोरोना महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगमा समेत असर पारेको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्याेगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराउनुभएको थियो । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको थियो ।

श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्त्वपूर्ण कदम रहेको मन्त्री श्रेष्ठको दाबी छ । सीमान्तकृत तथा बेरोजगार नागरिकलाई सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकालाई पनि केही मात्रामा राहत पुर्याएको मन्त्री श्रेष्ठले बताउनुभएको छ ।
 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया