विदेशमा १५ वर्ष बिताउँदा नजानेको कुरा वित्तीय साक्षरता कक्षाले सिकायो (भिडियाे कथा)

 जेठ २५, २०७९ बुधबार ११:३६:४० | उज्यालो सहकर्मी

गोरखाको सहिद लखन गाउँपालिका ६ की लिना थापामगरले कुवेत र कोरियामा गरी करिब १५ वर्ष बिताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएपछि २०७४ सालको चुनावमा गाउँपालिकाको ६ नम्बर वडामा महिला सदस्यका रूपमा निर्वाचित पनि हुनुभयो । जनप्रतिनिधि भएकै बेला लिना वित्तीय साक्षरता कक्षामा पनि सहभागी हुनुभयो । कक्षामा बसेपछि उहाँले आयआर्जनको बाटोसमेत समात्नुभएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०७९

तपाईको प्रतिक्रिया