विदेशबाट फर्किएकाको पुनः एकीकरणका लागि नेपाललाई स्वीजरल्याण्डको ८६ करोड १३ लाख सहयोग

 जेठ २५, २०७९ बुधबार १५:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण परियोजनाका लागि स्वीजरल्याण्ड सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई समाजमा आर्थिक, सामाजिक र राजनीतिक रूपमा पुनः एकीकरण गराउनका लागि सहयोग गर्ने उद्देश्य रहेको ‘रिइन्ट्रिग्रेसन अफ रिर्टर्नी माइग्रान्ट वर्कर’ (रेमी ) परियोजनाको बुधबार एक कार्यक्रमकाबीच अर्थ मन्त्रालय र स्वीजरल्याण्ड सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतामा नेपालकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक समन्वय शाखाका प्रमुख ईश्वरी प्रसाद अर्याल र स्वीजरल्याण्ड सरकारको तर्फबाट काठमाण्डौमा रहेको स्वीस दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गर्नुभएको छ । 

रेमी परियोजना प्रदेश एक र मधेस प्रदेशको २० वटा पालिकाहरूमा लागू हुनेछ ।  चार वर्षका सञ्चालन हुने परियोजना आउँदो जुलाई अर्थात् असार १७ गतेदेखि लागू हुने छ । स्वीस सरकारमार्फत आएको रकम सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ । । 

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू पुनः एकीकरणका लागि उनीहरूले विदेशमा सिकेको ज्ञान सीप, पुँजी र अनुभवको उपयोग गर्नका श्रमिकको क्षमता अभिवृद्धि गर्ने यो परियोजनाको उद्देश्य रहेको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव अर्यालले  विदेशबाट फर्किएका श्रमिकहरूको समाजमा पुनः स्थापना गर्न परियोजनाको कार्यान्वयन महत्त्वपूर्ण रहेको भन्दै यसले श्रमिकले विदेशमा रहँदा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्न सहयोग पुग्ने बताउनुभयो । 

यस्तै स्वीस दूतावासका होगले आप्रवासी श्रमिकहरूलाई फाइदा पु¥याउने नीति र योजनाहरू कार्यान्वयन गर्न स्वीजरल्याण्ड नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । रेमी परियोजनाले विभिन्न क्षेत्रका सरकारी, निजी क्षेत्र, सञ्जाल र आप्रवासी कामदारहरूसँग मिलेर विदेशबाट फर्केका श्रमिकहरूको पुनः एकीकरणको काम गर्ने छ । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bayan sing rai

    June 8, 2022, 4:44 p.m.

    म कला चित्र थाङ्का बनाउथे म सङ्ग 22 बर्ष को अनुभव थियो तर पनि परिवार पाल्न गारो भएको हुनाले 2019 मैले नेपाल छोड्नु पर्यो हाल कतार मा छु य्हाको कमाइ पनि खासै राम्रो छैन ! आसा छ यी मेरो प्रतिक्रिया को उज्ज्वल जबाफ पाउने छु 🇳🇵🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया