बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाकाे ज्यान गयाे

 असार १, २०७९ बुधबार १६:५०:३ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएकाे हाे । 

काठमाण्डाैबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्‍याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक–पटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

घटनाको विषयमा जानकारी पाएपछि मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक अहिले पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया