ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
धादिङ - तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी र पहिरोबाट धादिङका विभिन्न ठाउँमा ७५ घरपरिवार विस्थापित भएका छन् ।
गङ्गाजमुना गाउँपालिका–६ बसेरीमा वर्षाका कारण २४ घरपरिवार विस्थापित भएका छन् । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना–६ बुढाथुममा १४, गङ्गाजमुना–५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घरपरिवार विस्थापित भएका जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नसकेको स्थानीयकाे गुनासाे छ ।
गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपदमा परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको बताउनु भयाे । कच्ची सडक खन्दा ध्यान नदिएका कारण पहिरो आउँदा धेरै क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
भाेलि बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।