स्वीमिङ पुलमा डुबेर पोखरामा एक जनाको ज्यान गयाे

 असार ४, २०७९ शनिबार १९:२:५८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - स्वीमिङ पुलमा डुबेर पोखरामा एक जनाको ज्यान गएकाे छ । 

पोखरा तेर्सापट्टीमा रहेको सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनका १३ वर्षीय किशोर दीपेश शर्माको ज्यान गएकाे हाे । 

उनी शनिवार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए ।

सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासी पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया