कपिलवस्तुमा पहिराेले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

 असार ६, २०७९ सोमबार १३:१२:१० | रासस
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीकाे दर्शन गरी लु २ ख २७१६ नम्बरको गाडीमा फर्किँदै गर्दा गाडीबाट झरेर खोला तर्नेक्रममा उनीहरुलाई पहिराेले बगाएको हो । बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षका निखिल कौशाल र १८ वर्षका सुरज सोनी रहेका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक आउँदै गर्दा अचानक पहिराे आएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

हराएका भारतीय नागरिकको खोजीकार्य भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया