मादी गाउँपालिकाको बजेट : बाँदर र भालु लखेट्न १२ लाख, घोडा किन्नलाई १५ लाख !

 असार ८, २०७९ बुधबार ११:२८:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्कीको मादी गाउँपालिकाले बाँदर र भालु जस्ता जंगली जनावरले सास्ती दिएपछि बजेटमा नै व्यवस्था गरेको छ । मंगलबार कास्कीको मादी गाउँपालिकाले ल्याएको २०७९/०८० बजेटमा त्यसकाे लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा घोडा किन्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको ५०/५० प्रतिशत साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन गरिएको छ ।

पालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटको स्रोतमा संघीय सरकार वित्तीय समानिकरणबाट ९ करोड, ६२ लाख, संघीय सरकार सशर्त अनुदान २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, सरकार बाँडफाँट प्राप्त राजस्व १० करोड ३ लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी १ करोड ६ लाख ४० हजार रहेको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ८१ लाख २२ हजार, पीएलजीएसपी तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख, आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत ९ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट ल्याएको थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया