पाेखराकाे बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेका नगर सभा सदस्यद्वारा विराेध

 असार १०, २०७९ शुक्रबार १७:४४:८ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्ने नगर सभाको बैठकमा अवरोध भएको छ । नगर सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेका नगर सभा सदस्यहरुले अवरोध गरेका छन् ।

आज दिउँसो ४ बजेका लागि पोखरा सभागृह पोखराको ११ ‍औं नगर सभाको आयोजना गरिएको थियो । महानगरका मेयर धनराज आचार्यको अध्यक्षतामा बस्ने नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम छ ।

अहिले एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले नाराबाजी गरिरहेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया