गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको बैठकमा सभापति मात्रै उपस्थित

 असार १६, २०७९ बिहिबार १७:५६:१२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिमा आज बिहीवार सभापतिबाहेक सांसद र मन्त्रीहरू नआएपछि बैठक स्थगित भएको छ । समितिका सभापति दीपक कोइरालाले बोलाएको बैठकमा समितिका कुनै पनि सदस्य सहभागी नभएका हुन् ।

समितिमा ६ जना मन्त्री, ६ जना एमालेका सांसद र दुई जना माओवादी सांसद छन् । दिउँसाे १ बजेका लागि डाकिएको बैठकमा २ बजेसम्म कोही पनि नआएपछि बैठक स्थगित गरिएको सभापति कोइरालाले बताउनुभयाे ।

सरकारले गएकाे असार १ गते बजेट ल्याएपछि बजेटमाथि छलफल हुन सकेको छैनन् । त्यही भएर संसद्को गतिरोधबारे छलफल गर्नका लागि बैठक बोलाएको काेइरालाले बताउनुभयाे । समितिले संसद् नचल्नुका कारण खोज्न र छिटो सदन सञ्चालनका लागि निर्देशन दिन अर्थ मन्त्रीलाई समेत डाकेकाे उहाँकाे भनाइ छ । 

यता एमालेले सदनमा गर्नुपर्ने बजेट छलफल संसदीय समितिमा गर्न लागिएको भन्दै हिजाे बुधवार पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया