देशमै रोजगारी सिर्जना गरि युवालाई विदेश जानबाट राेक्नुपर्छ : श्रम मन्त्री कुँवर

 असार १८, २०७९ शनिबार १७:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विदेश जानबाट राेक्नुपर्ने बताउनुभएकाे छ । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाण्डौमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशकाे जनशक्ति विदेश पलायन भएकाेप्रति चिन्ता व्यक्त गर्नुभयाे ।

देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको भन्दै आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्नतर्फ भरपुर कोसिस गर्ने पनि मन्त्री कुँवरले बताउनुभयाे । जोश जाँगर र देशलाई आवश्यक पर्ने जनशक्तिलाई यहीँ विकास निर्माणका काममा परिचालन गर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया