खोटाङकाे जालपामा पहिरोका कारण ६ घरपरिवार विस्थापित

 असार २०, २०७९ सोमबार १०:५२:२१ | दमन राई
unn.prixa.net

खोटाङ - पहिरोका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ६ घरपरिवार विस्थापित भएका छन् ।

साविकको जालपा–८ सावालुङका जितबहादुर राई, भीमबादुर राई, कर्णबहादुर राई, रामीरा राई र शारदा राईको परिवार विस्थापित भएका हुन् ।

यस्तै, पहिरोका कारण साविकको जालपा–३ का धनकुमार विश्वकर्माको परिवार पनि विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो ।

धुँजा फाटेर पहिरो जान थालेपछि विस्थापितलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिक टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । वडा कार्यालय र टोल विकास संस्था सावालुङको पहलमा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको उपमेयर बिसान राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया