श्रम मन्त्री कुँवर र भारतीय राजदूत श्रीवास्तवबीच भारतमा काम गर्ने नेपालीको सुरक्षाबारे छलफल

 असार २०, २०७९ सोमबार १७:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भारतमा काम गर्ने नेपालीको सुरक्षाको विषयमा छलफल भएको छ ।

सोमबार श्रम मन्त्रालयमा भएको भेटवार्तामा भारतमा काम गर्ने नेपालीको सुरक्षाका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले भारतमा काम गर्ने नेपालीका समस्या र उनीहरूको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताउनुभयो ।

भारतीय राजदूत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौँदेखि सहयोग गर्दै आएको भन्दै भारतमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया