शून्य लागतमा मलेसिया राेजगारी : पहिलो चरणमा ४ सय ५० नेपाली जाँदै

 असार २२, २०७९ बुधबार ७:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली कामदारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । मलेसियाको यो कम्पनीले पहिलो चरणमा ४ सय ५० श्रमिक लैजान लागेको छ ।

आकर्षण इन्टरनेशनलबाट १ सय ४० महिला र ६० पुरुष तथा लालधनुष इन्टरनेशनलबाट १ सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जाँदैछन् । नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाण्डाै आएको छ । आज र भोलि श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ । छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्टर्न टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताउनुभयो ।

“कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौँ”, उहाँले भन्नुभयो, “नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन ।” यो कम्पनीको विभिन्न चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ । मलेसियामा मात्रै दुई उद्योग छन् । कम्पनीमा विभिन्न देशमा गरी झण्डै ८० हजार श्रमिक कार्यरत छन् । डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताउनुभयो । कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब दिनेछ । त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

8 Comments

  • Dinesh Ghimire

    July 7, 2022, 9:47 a.m.

    How to contact to the office sir? I want to go sir

  •  0 Reply
  • Samir Bhandari

    July 6, 2022, 12:18 p.m.

    I am interested

  •  0 Reply
  • Min Budhathoki

    July 6, 2022, 11:53 a.m.

    Good

  •  0 Reply
  • NUM BAHADUR GURUNG

    July 6, 2022, 9:43 a.m.

    Good job

  •  0 Reply
  • Hem bahadur thakuri

    July 6, 2022, 9:24 a.m.

    सर म जान चाहन्छु, तर कसरी जाने ?

  •  1 Reply
  • Laxman bhattarai

    July 6, 2022, 8:02 a.m.

    धेरै राम्रो काम ! नेपालमा धेरै नागरिक ठगिएका छन्, त्यसैले यो धेरै राम्रो काम हो / म्यानपावरलाई धेरै धन्यवाद /

  •  0 Reply
  • जीवन पुनमगर

    July 6, 2022, 7:56 a.m.

    यो कम्पनी तथा नेपालको म्यानपावरको फोन नम्बर पाउन सकिन्छ कि नाई ।

  •  0 Reply
  • Raju Upadhayay

    July 6, 2022, 7:49 a.m.

    I am also intrested

  •  0 Reply

तपाईको प्रतिक्रिया