घर फर्किन ७ वर्ष पहिले रेल चढेका रविन्द्र अझै आइपुगेनन् !

 असार २२, २०७९ बुधबार १३:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – घर फर्किने भनेर ७ वर्ष पहिले भारतको हरियाणाबाट रेल चढ्नुभएका सोनमा गाँउपालिका-५ का २६ वर्षीय रविन्द्रकुमार यादव अझै घर आइपुग्नुभएकाे छैन ।

गाँउमा राेजगारी नभेटेपछि रविन्द्र गाँउकै साथीहरुसँग कृषि मजदुरी गर्नका लागि भारतकाे हरियाणा पुग्नुभएकाे थियाे । हरियाणामा केही महिना काम गरेर घर फर्किने क्रममा बाटाेबाटै बेपत्ता भएकाे उहाँका काका माेहन यादव बताउनुहुन्छ ।

‘धान काट्ने काम सकेर रविन्द्र एक्लैले घर फर्किने कुरा गर्याे । हामी सबै जनाले उसलाई रेलमा चढाएर फर्कियौँ । तर रविन्द्र अझैसम्म फर्किएनन्', उहाँले भन्नुभयाे ।

घरपरिवारले धेरै ठाउँमा खोज्दा पनि रविन्द्र अझ फेला नपरेको अर्का स्थानीय मञ्जित महरा बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ,  'रविन्द्रकाे अवस्था अझै अलपत्र भएपछि उनकी श्रीमती र एकमात्र नाबालक छोरा प्रतिक्षारत छन् ।'

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया