एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

 असार २४, २०७९ शुक्रबार १३:४०:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ । 

बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताउनुभयाे । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँकाे भनाइ छ । 

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएकाे छ । बिहीवार पनि सूचना टाँस गरी संसद् बैठक स्थगित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया