शिन्जाे आबेकाे निधनमा भारतमा भाेलि राष्ट्रिय शाेक

 असार २४, २०७९ शुक्रबार १५:३०:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक मनाउने भएकाे छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शिन्जाे आबेप्रति निकै सम्मान रहेकाे बताउँदै भाेलि शनिवार देशमा राष्ट्रिय शाेक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएकाे हाे । 

उहाँले ट्विटरमा लेख्नुभएकाे छ, ‘म आफ्नाे सबैभन्दा प्यारा साथीमध्ये एक शिन्जाे आबेकाे निधनमा स्तब्ध र दुःखी छु । उनी एक महान् नेता र प्रशासक थिए । उनले जापान र विश्वलाई एक राम्राे ठाउँ बनाउनका लागि आफ्नाे जीवन समर्पित गरे ।’ 

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार भएको थियाे । गाेली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पेम्बा

    July 10, 2022, 3:09 p.m.

    यस्तो नेता संसारमा बिरलै पाइन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया