बाजुराको बूढीगङ्गामा ३ हजार ६ सय मत गनियो : मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

 असार २५, २०७९ शनिबार १०:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा अहिलेसम्म ३ हजार ६ सय ४८ मत गणना भएको छ।

मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ९ सय ५७ मतले अगाडि हुनुहुन्छ । उहाँले मतगणनाको सुरुवातदेखि नै अग्रता लिनुभएको छ । पछिल्लो १० बजेसम्मको गणना अनुसार बानियाँले २ हजार १ सय ९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार २ सय ३९ मत ल्याउनुभएको छ।

उपमेयरमा पनि एमालेकै माया कुँवरले २ हजार १ सय ७२ मतकासाथ अग्रता बनाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी रीता शाहीले १ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म वडानम्बर १, ९ र १० को मतगणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बूढीगङ्गा नगरपालिकामा बिहीवार पुनः मतदान भएको थियो । गएको वैशाख ३० गते भएको मतदानमा धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदान गराएको हो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया