राहदानीको बहाल म्याद एक वर्षभन्दा बढी भएमा नयाँ राहदानीको लागि आवेदन नदिनु : राहदानी विभाग

 असार २९, २०७९ बुधबार १२:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  विभिन्न एजेन्सीहरूले राहदानीको बहाल म्याद एक वर्ष हुँदा हुँदै पनि भिसाको प्रक्रिया अघि बढाउन नमानेपछि वैदेशिक रोजगारीमा जान खोज्नेलाई समस्या भएको छ ।

पछिल्लो समय विभिन्न एजेन्सीहरूले २ वा  ३ वर्षभन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराए मात्र विदेश जाने भिसाको प्रक्रिया गरिदिने नत्र नगरिदिने भनेको भन्दै सेवाग्राहीहरू राहदानी बनाउन राहदानी विभाग पुग्ने गरेका छन् । तर विभागले एक वर्षभन्दा बढी म्याद हुँदासम्म नयाँ राहदानी जारी गर्ने व्यवस्था नभएको स्पष्ट पारेको छ ।

राहदानीको बहाल म्याद एक वर्षभन्दा बढी हुँदासम्म नयाँ राहदानी बनाउनको लागि आवेदन नदिन विभागले अनुरोधसमेत गरेको छ । ऐन अनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण हुँदैन । त्यसैले विभागले एक वर्षभन्दा बढी राहदानीको म्याद भएमा नयाँ राहदानीको लागि आवेदन नलिन सबै जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नियोगहरूलाई समेत सूचित गरेको छ । एमआरपीको म्याद एक वर्षभन्दा कम भएमा मात्र विद्युतीय राहदानीको लागि आवेदन दिन सकिन्छ । 

राहदानीको म्याद ६ महिना भन्दा बढी हुँदा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ । त्यस कारण आफूलाई राहदानी आवश्यक नहुँदासम्म नवीकरण गर्न नपर्ने पनि विभागले उल्लेख गरेको छ ।

बहाल म्याद सकिने बित्तिकै नवीकरण नगरेमा कुनै जरिबाना नलाग्ने भएकाले आफूलाई आवश्यक परेको बेलामा मात्र राहदानी नवीकरण गर्न राहदानी विभागले सबैलाई अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया