सुकुम्वासीका पीडा : हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

 असार ३२, २०७९ शनिबार १०:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तीनकुने सुकुम्वासी बस्ती

काठमाण्डाै - काठमाण्डाैकाे वाग्मती, विष्णुमती, मनाेहरा, गोदावरी लगायत नदी तथा खाेला किनारमा थुप्रै सुकुम्वासीहरु टहरा बनाएर बसेका छन् । यसरी टहरा बनाएर बस्ने घरबारविहीनहरुकाे व्यथा अनेक छन्।

विशेषत वर्षायाममा बाढी आउँदा सुकुम्वासीहरु रातभर अनिदाे बस्छन् । अहिले वर्षायाम छ । प्राय: नदी र खाेलामा बाढी आइरहन्छ । 

नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तै हुँदैन । वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ, सुकुम्वासीहरुलाई ।

अनि, हिउँदमा ढल गन्हाएर बसी साध्यै हुँदैन । सरकारले ढल, फोहर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या भएकाे छ । 

तटीय क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरि सहज छैन । सुकुम्वासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । 

सरकारले सुकुम्वासी र अव्यवस्थित बसाेबास गर्नेहरुकाे व्यवस्थापनका लागि आयोग नै बनाएकाे छ । तर, उनीहरु उचित र दीर्घकालीन व्यवस्थापन भने हुन सकेकाे छैन । उनीहरु सधैँ आफू बसिरहेकाे ठाउँ छोडेर कहिले हिँड्नुपर्ने हाे भन्ने चिन्तामा रहने गर्छन् । 

तस्बिर : न्युज एजेन्सी नेपाल

थापाथली सुकुम्वासी बस्ती

थापाथली सुकुम्वासी बस्ती

टेकुकाे सुकुम्वासी बस्ती

सिनामङ्गलकाे सुकुम्वासी बस्ती

सिनामङ्गलकाे सुकुम्वासी बस्ती

सिनामङ्गलकाे सुकुम्वासी बस्ती

मनाेहराकाे सुकुम्वासी बस्ती

जडीबुटी सुकुम्वासी बस्ती

गाेदावरीकाे सुकुम्वासी बस्ती

गाैरीगाउँकाे सुकुम्वासी बस्ती

विष्णुमतिकाे सुकुम्वासी बस्ती

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया