हिमालय एअरलाइन्सको काठमाण्डौ–कुवेत उडान सुरु

 असार ३२, २०७९ शनिबार १५:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ । हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिजोदेखि काठमाण्डौ–कुवेत उडान थालेको हो ।

गए राति साढे १० बजे कुवेत उडेको जहाज आज पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवरण  गरेको छ । उडान उद्घाटन कार्यक्रममा प्रमुखअतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । एअरलाइन्स्ले हरेक शुक्रबार काठमाण्डौ–कुवेत र हरेक शनिबार कुवेत– काठमाण्डौ उडान सञ्चालन गर्नेछ ।

कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच सन् २००६ मा हवाई सेवा सम्झौता भएको थियो । हिमालय एअरलाइन्स काठमाण्डौलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । सन् २०१४ मा चीनसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एअरलाइन्ससँग ४ वटा जहाज रहेका छन् । 

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनीहो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवाउपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाण्डौ–कुवेत–काठमाण्डौ सेक्टरको सुरुवात पनि त्यही भावना अनुरुप गरेको हो  ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया