बूढीगङ्गामा आएकाे बाढीले ४ वटा घर बगायो

 साउन ४, २०७९ बुधबार १८:४८:२५ | निमेन्द्र शाही
unn.prixa.net

तस्बिर : निमेन्द्र शाही, बाजुरा

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा बूढीगङ्गा नदीमा आएकाे बाढीले चार वटा घर बगाएकाे छ । 

मङ्गलवार राति परेकाे पानीका कारण बूढीगङ्गामा बाढी आउँदा चार वटा घर बगाएकाे नेपाल पत्रकार महासङ्घ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिनुभएकाे छ । बाढीले खेत पनि बगाएकाे उहाँले बताउनुभयाे । 

क्षतिको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयाे । विस्थापित भएका २३ जनालाई आफन्तको घरमा बस्ने व्यवस्था मिलाएकाे र व्यवस्थापनका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया