पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको जेठ १४ गते भेरी अञ्चल अस्पतालको निमित्त प्रमुखको रुपमा डा. प्रकाश थापालाई नियुक्त गर्यो ।
अस्पताल सुधारका लागि डा. थापाले काम अघि बढाइरहदा साँढे ३ महिनामै (अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) परिवर्तन गरिएको छ । मन्त्रालयले डा. रुपानन्द अधिकारीलाई मेसुको रुपमा नियुक्त गरेको हो ।
एकजना प्रमुखले अस्पताल सुधारका लागि योजना बनाएर कार्यान्वयनमा लैजान खोजेको अवस्थामा अर्को मेसु आउनु अस्पतालको दीर्घकालिन हितमा नभएको कर्मचारीहरुको भनाई छ । थापाले मेसु परिवर्तनलाई आफूले स्वभाविक रुपमा लिएको बताउनुभयो ।
‘सरसफाइलगायत अल्पकालीन योजना छोटो अवधिमै पूरा भएको छ’, डा. थापाले भन्नुभयो, ‘दीर्घकालीन योजना समयमै कमभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा डा. थापालाई मेसुमा नियुक्ती गरिएको थियो । अहिले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएपछि प्रधानमन्त्रीको निर्णय उल्टाइएको हो ।
साँढे ३ महिनाको छोटो समयमै डा. थापाले भेरी अञ्चल अस्पतालको सरसफाईसँगै सुधारका क्षेत्रमा महत्वपूर्ण सुरुवात गरेको अस्पतालमा कार्यरत कर्मचारीहरुले बताएका छन् । अस्पताल प्रदेश सरकार मातहत गइसक्दा संघीय मन्त्रालयले छोटो अवधीमै मेसु परिवर्तन गर्नु अनावश्यक हस्तक्षेप भएको कर्मचारीहरुको भनाई छ ।
श्रोतका अनुसार डा. थापाले आफू निकटका व्यक्तिलाई अस्पतालमा कर्मचारी नियुक्ति गर्न नमानेको र समन्वय नगरेको भन्दै फोरमको नेतृत्व असन्तुष्ट थियो । भेरी अस्पताल सुधारका लागि महत्वपूर्ण थालनी गरेका डा. थापालाई अस्पताल अस्तव्यस्त पारेको लगायतका आरोप लगाइएको कर्मचारी श्रोतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।