अव्यवस्थित फुटपाथमा सकसपूर्ण पैदलयात्रा (फोटोफिचर)

 साउन १४, २०७९ शनिबार १०:४३:१९ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चढेरभन्दा पैदल यात्रा गर्नेहरु धेरै देखिन्छन् । फुटपाथमा पैदल यात्रा गर्न सहज छैन ।

देशको सङ्घीय राजधानी सहर काठमाण्डौमा चिल्ला सडक, सफा  अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ति अवरोध छन् । खाल्डाखुल्डी, फोहर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

सडकमा भएका फुटपाथ पनि साँघुराे छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्ड्याउने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ ।

फोहरको उचित व्यवस्थापन नहुँदा नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ । ढलको व्यवस्थापन हुन नसक्दा सडकमै ढल बहन्छ । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका गाडी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया