भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड फेरि ठप्प भएको छ । बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ ।
अस्ति सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको छ ।
सोमबार राति पनि यही ठाउँमा ठूलो पहिरो गएको थियो । यो सडकखण्डको अन्य ठाउँको पहिरो हटाए पनि केराबारीको पहिरो हटाउन समय लागेको थियो । ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
पहिरो र रातभरिजसो परेको पानीले यात्रुले सास्ती पाएका छन् । खाना खान र पानी पिउन तथा दिसापिसाब गर्न नै समस्या भएको यात्रुले गुनासो गरेका छन् । यात्रुहरु भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले पानी र खानेकुरा नपाए तत्काल प्रहरीमा खबर गर्न आग्रह गर्नु भएको छ । पहिरो खुलाउन समय लाग्ने भन्दै उहाँले कुनै समस्या परे तत्काल प्रहरीको १०० नम्बर वा ट्राफिक पहरीको १०३ अथवा जिल्ला प्रहरी कार्यालय चितवनमा खबर गर्न आग्रह गर्नु भएको हो । यस्तै, उहाँले बस्तीको छेउछाउमै गाडी रोकेर बस्न पनि आग्रह गर्नु भएको छ ।
तस्बिर साभार : सडक डिभिजन कार्यालय, भरतपुरका इन्जिनियर सागर कार्कीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।