दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गयाे

 साउन १९, २०७९ बिहिबार १२:२२:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

आज बिहान लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको ज्यान गएको हाे । 

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएकाे प्रहरीले जनाएको छ ।

ट्र्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया