खराब माैसमका कारण दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध

 साउन २१, २०७९ शनिबार १८:५७:३८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामाे समयदेखि उडान हुन सकेको छैन । प्रतिकूल माैसमका कारण हवाइ उडान हुन नसकेको हो । 

गएकाे जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख अंगत यादवले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय अन्तिम पटक जेठ १४ गते नेपाल वायुसेवा निगमको जहाज आएको बताउनुभयो । उडान सेडुलमा राखे पनि पानी र कुहिरोका कारण जहाज झिकाउन नसिकिएको यादवले बताउनुभयो । 

बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभायो ।  ताप्लेजुङमा जेठदेखि नै वर्षा भइरहेको तथा कुहिरो लागिरहेकाले जहाज आउन नसेको उहाँले बताउनुभयो ।

निगमका अनुसार सुकेटारमा हप्ताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाण्डौ–ताप्लेजुङ उडान तालिका रहेको छ । तर, प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । सुकेटार विमानस्थलमा नेपाल वायुसेवाका साथै सीता एअरले पनि उडान भर्दै आएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया