असमान ढङ्गले तलब बढाएकाे भन्दै अर्थ मन्त्रालयमा नासुहरुको धर्ना

 साउन २३, २०७९ सोमबार १४:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । आज सिंहदरबारमा रहेकाे अर्थ मन्त्रालयअगाडि काठमाण्डौ, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।

आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् ।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाण्डौका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताउनु भयो । उहाँले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाँले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताउनुभयाे । 

उनीहरुले समान तलबवृद्धिको माग गर्न अर्थमन्त्रालय घेराउ गर्नुपरेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया