अन्तिम साउने सोमवार : देशभरका शिवालयमा दर्शनार्थीकाे घुइँचाे (फाेटाेफिचर)

 साउन ३०, २०७९ सोमबार ११:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली धनगढीको उत्तरबेहडीमा रहेकाे शिवपुरी उत्तररामेश्वरम् ज्योर्जिलिङ्ग धाममा रहेका शिवलिङ्गमा पूजा गर्दै व्रतालु महिला ।

काठमाण्डाै - साउनको अन्तिम सोमवार आज, देशभरका शिवालयमा भक्तजनहरुको भिड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तजनहरुको पूजा, अर्चनाका लागि भिड लागेको हो ।

काठमाण्डौको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भिड छ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने विश्वास रही आएको छ ।

यो वर्ष साउनमा ५ वटा सोमवार परेका थिए । 

सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउनका सोमवारको व्रत बसेर मनाइएको छ । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । अझ साउन महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एवम् विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसङ्ग पुराणमा पाइन्छ ।

साउनको महिनामा व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवम् परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । आज काठमाण्डौ उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भिड लाग्ने गर्छ ।

पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । 

 

साउनको अन्तिम सोमवार पशुपतिनाथको दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भएका भक्तजन । 

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेकाे गलेश्वर मन्दिरमा पूजाआजाका लागि पुगेका भक्तजन ।

काभ्रेपलाञ्चोकको बनेपामा रहेकाे प्रसिद्ध चण्डेश्वरी माई मन्दिरको पश्चिमतर्फ भित्तामा मसान भैरव देवताको आकृतिकाे तस्बिर मोबाइलमा कैद गर्दै साउने व्रतालु महिला ।

दाङकाे तुलसीपुरमा रहेकाे त्रि–सिद्धेश्वरी मन्दिरमा आएका भक्तजन

 तनहुँको व्यास नगरपालिका–३ मा रहेकाे शिवपञ्चायन मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । 

 लमजुङकाे बेसीसहर नगरपालिका–७ काे त्रिपुरेश्वर महादेव मन्दिरमा भक्तजन

सबै तस्बिर : रासस

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया