तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
रामेछाप – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोल–टोलमा सालिक बनाएर पूजा गर्ने समय आउने जिकिर गर्नुभएकाे छ ।
१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बाकाे डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको सालिकमा पूजा गर्ने दिन आउने दाबी गर्नुभयाे ।
प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षाैँदेखिकाे थिचोमिचो र अत्याचार अन्त्य भएको उहाँले बताउनुभयाे । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटक–पटक आफूहरू राष्ट्रपति हुनुमा माओवादी योगदानको भूमिका रहेको भन्दै धन्यवाद दिने गरेको उहाँकाे जिकिर छ ।
२०५१ सालको संसदमा सात जना र २०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको चर्चा गर्दै नेता पुनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेन्डाका कारण अहिले संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुभयाे । महिलाको नाममा धनी पुर्जाको नीतिले छोरीहरू सम्पत्तिको मालिक भएको, अंश र वंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक पालिकामा प्रमुख वा उप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ता उपलब्धि माओवादीकै कारण आएको उहाँले उल्लेख गर्नुभयाे ।
माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । ‘मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’, नेता पुनले भन्नुभयाे, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ । तर समाज रूपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोक–चोकमा प्रचण्डको सालिक बनाएर पूजा गर्ने दिन आउँछ ।’
पुनले माओवादी आन्दोलनका उपलब्धि स्वरूप विभिन्न पदमा पुगेका मानिसहरूले नै माओवादीले आतङ्क मच्चाएको आरोप लगाउन नसुहाउने बताउनुभयाे । माओवादी जनयुद्धका शहीद परिवार, घाइते र योद्धाहरूको सुरक्षा तथा सम्मान हुनुपर्नेमा उहाँले जोड दिनुभयाे ।
कार्यक्रममा बाेल्दै पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएकाले सङ्क्रमणकालीन कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने उल्लेख गर्नुभयाे । सरकार–माओवादी शान्तिवार्ता भइरहेका बेला आफ्ना निहत्था कार्यकर्ताको सामूहिक हत्या भएको भन्दै उहाँले दोषीमाथि कारबाही र परिवारको सम्मान हुनुपर्नेमा जोड दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भीम सुबेदी
Aug. 16, 2022, 6:29 p.m.महासचिवको लागी धेरै नै चाकडी गरे प्रचण्डको यीनले।